Aadarsh-Daily

बहुदरमाई नगरपालिकामा सागर साह प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदस्थापन

ad-4p
content left

बहुदरमाई, मिति २०८२ असोज २२ गते।
बहुदरमाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा श्री सागर साह आज पदस्थापन हुनुभएको छ। नगरपालिकाका नगरप्रमुख श्री सिंगासन साह तेली ज्यूको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा अध्यक्षहरू तथा नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा उहाँलाई औपचारिक रूपमा हाजिरी गराई स्वागत गरिएको हो।
नगरप्रमुख साहले नव–आएका प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले नगरको समृद्धि र प्रशासनिक सुशासनमा सागर साहको अनुभवले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित कर्मचारी तथा जनप्रतिनिधिहरूले पनि नव–आएका अधिकृतलाई बधाई ज्ञापन गर्दै सहकार्य र सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

content ad p2

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily