Aadarsh-Daily

बारामा छठ पूजाका लागि माटो खन्ने क्रममा ढिस्को खसेर २ जनाको मृत्यु, ६ जना घाइते

ad-4p

बाराको सिम्रौनगढ नगरपालिका–६ मा छठ पूजाका लागि माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा दुःखद घटना भएको छ। यस दुर्घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

content ad p2
content left

मृत्यु हुनेहरुमा सिम्रौनगढ–६, सानो इटवाली निवासी ७० वर्षीय शारदादेवी महतो र १५ वर्षीय सुनिल महतो रहेका छन्। उद्धार गर्ने क्रममा उनलाई अस्पताल पुर्‍याउँदा बाटोमै मृत घोषणा गरिएको थियो।

घाइतेहरूको नामहरूमा १४ वर्षीय साजन महतो, १५ वर्षीय नितेश महतो, १८ वर्षीय गौतम मुखिया, १४ वर्षीय रानीकुमारी महतो, १४ वर्षीय सुशीला कुमारी महतो र १५ वर्षीय राजाबाबु शर्मा रहेका छन्। तीमध्ये सबैको उपचार जारी छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरी, स्थानीय र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा घटनास्थलबाट घाइतेहरूलाई उद्धार गरिएको हो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily