Aadarsh-Daily

चीन–अमेरिका व्यापार तनाव बढ्दा दुर्लभ खनिज र उपकरणमा प्रतिबन्ध लागू

ad-4p

चीनले अमेरिकामाथि व्यापार तनाव बढाएको आरोप लगाउँदै दुर्लभ खनिज तत्व र उपकरणको निर्यातमा प्रतिबन्ध लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा नयाँ भन्सार कर लगाएकोमा चीनले यसलाई ‘पाखण्डी’ कदम भएको बताउँदै आफ्नो प्रतिबन्धको बचाउ गरेको छ। यद्यपि अमेरिकी उत्पादनहरूमा नयाँ कर लगाउने योजना चीनले स्थगित गरेको छ।

content ad p2

अमेरिकी करको जवाफमा, ट्रम्पले नोभेम्बर १ सम्म चीनबाट आउने सामानमा १०० प्रतिशत थप भन्सार शुल्क लागू गर्ने र महत्त्वपूर्ण सफ्टवेयरमा नयाँ निर्यात नियन्त्रण लगाउने धम्की दिएका थिए। साथै, ट्रम्पले यस महिनाको अन्त्यमा दक्षिण कोरियामा हुने एशिया–प्यासिफिक आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको प्रस्तावित भेटबाट पछि हट्ने संकेत पनि दिएका थिए।

content left

चीनको वाणिज्य मन्त्रालयले यसलाई ‘दोहोरो मापदण्डको स्पष्ट उदाहरण’ भन्दै कडा प्रतिक्रिया दिएको छ। मन्त्रालयले अमेरिकाले सेप्टेम्बरदेखि नै चीनविरुद्ध आर्थिक दबावका कदमहरू चालेको स्मरण गराउँदै, उच्च करको धम्की बारम्बार दिनु चीनसँग व्यवहार गर्ने सही उपाय नभएको बताएको छ।

दुर्लभ खनिज तत्वहरू स्मार्टफोन, विद्युतीय गाडी, सैन्य उपकरण र नवीकरणीय ऊर्जा प्रविधि निर्माणमा अत्यावश्यक मानिन्छन्। चीनले यी खनिजको विश्वव्यापी उत्पादन र प्रशोधनमा प्रभुत्व जमाइरहेको छ। गत बिहीवार चीनले महत्त्वपूर्ण खनिजहरूको उत्खनन र प्रशोधन प्रविधिमा नयाँ निर्यात प्रतिबन्ध लगाएको थियो।

यस्तै, गत शुक्रवार चीनले अमेरिकामा सञ्चालित जहाजहरूमा ‘विशेष बन्दरगाह शुल्क’ लागू गर्ने घोषणा गरेको थियो। चीनले यसलाई अमेरिकी जहाजमा लगाइएको बन्दरगाह शुल्कको प्रतिकारका रूपमा लिएको बताएको छ।

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily