Aadarsh-Daily

रौतहटमा लागूऔषध ब्राउन सुगरसहित चारजना पक्राउ

ad-4p

रौतहटको गुजरा नगरपालिका–२, कटानी टोलबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित चारजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले दुई-दुई जनालाई कटानी टोलका छुट्टाछुट्टै स्थानबाट समातेको जनाएको छ।

content ad p2
content left

शनिबार राति करिब ९:३० बजे विशेष सूचनाको आधारमा प्रहरी टोलीले काठमाडौँका कोमन गुरुङ (२०) र सिन्धुलीका मनिष घलान (२१) लाई नियन्त्रणमा लियो। खानतलासीका क्रममा मनिष घलानको पाइन्टको गोजीबाट कालो प्लास्टिकमा बेरेर लुकाइएको ९.३०० ग्राम ब्राउन सुगर फेला परेको थियो।

उनीहरूको बयान र थप अनुसन्धानका आधारमा आइतबार बिहान करिब ९:३० बजे कटानी टोलकै ज्ञानबहादुर थिङ (सञ्जु) (४०) र आजत अन्सारी (२०) लाई पनि नियन्त्रणमा लिइयो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएसपी रुपा लाबुङका अनुसार, सञ्जु थिङको घर खानतलासी गर्दा २० पुरिया ब्राउन सुगर (१.८६० ग्राम), ‘Nitrazepam’ लेखिएका १३ ट्याबलेट र रू. ६५,१०० बरामद भएको छ। बरामद लागुऔषधको प्रारम्भिक परीक्षण भइरहेको र चारै जनामाथि लागूऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान जारी छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily