Aadarsh-Daily

पर्सामा मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध उजुरी

ad-4p

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, पर्साले काठमाडौं महानगरका मेयर बालेन शाह र “हामी नेपाल” संस्थाका संयोजक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरेको छ।

content ad p2

उक्त उजुरी सोमबार जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकलाई हस्तान्तरण गरिएको हो। संघका अध्यक्ष सुवास साहका अनुसार, केन्द्रीय निर्देशनअनुसार मधेश प्रदेशका सबै आठवटै जिल्लामा आज एकैपटक उजुरी दर्ता गरिएको हो।

साहले भदौ २४ गते भएको जेन्जी आन्दोलनका नाममा सिंहदरबार, सर्वोच्च अदालत र प्रहरी कार्यालयहरूमा भएको तोडफोड र आगजनीमा बालेन शाह र सुदन गुरुङ संलग्न रहेको दाबी गरे।

content left

संघले उनीहरूलाई तत्काल पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरेको छ।

उजुरी बुझाउनुअघि युवा संघले मोटरसाइकल र्‍याली समेत आयोजना गरेको थियो। वीरगञ्जस्थित जिल्ला समन्वय समितिको प्राङ्गणबाट सुरु भएको र्‍याली नगर परिक्रमा गर्दै लाल बंगला पुगेर समापन भएको हो।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य प्रभु हजरा, वीरगञ्ज महानगर इञ्चार्ज बिचारी यादव, पर्सा अध्यक्ष विश्वम्भर शर्मा, नेता जालिम मियाँ, युवा संघका केन्द्रीय सदस्य रवि गुप्ता, सचिव राकेश महतो र युवा नेता सुजित गिरी लगायत सयौं कार्यकर्ताको उपस्थिति थियो।

एसपी पाठकले उजुरी दर्ता भएको पुष्टि गर्दै भने, “कानुनअनुसार प्रक्रिया अघि बढाइनेछ।”

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily