Aadarsh-Daily

वीरगञ्जमा चार करोडको लगानीमा फोहोर प्रशोधन प्लान्ट निर्माण हुँदै

ad-4p

वीरगञ्ज — वीरगञ्ज महानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन फोहोर प्रशोधन प्लान्ट निर्माण गर्ने भएको छ।

content ad p2

करिब चार करोड रुपैयाँको लागतमा निर्माण हुने प्लान्टका लागि वीरगञ्ज महानगरपालिकाले सोमबार जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्या नेपाल प्रालिसँग सम्झौता गरेको हो।

सम्झौता अनुसार, महानगरको डम्पिङ साइटमा पूर्ण निजी लगानीमा प्रशोधन प्लान्ट निर्माण गरिनेछ। निर्माण सम्पन्न भएपछि प्लान्ट महानगरपालिकालाई हस्तान्तरण गरिनेछ।

content left

सम्झौतामा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, सूर्या नेपालका उद्योग प्रमुख सुरेश काजी श्रेष्ठ र जिरो वेस्ट इनिसिएटिभ नेपालका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

सम्झौता पश्चात् महानगर प्रमुख राजेशमान सिंहले वीरगञ्जलाई “फोहोरमुक्त र हरित शहर” बनाउने दीर्घकालीन लक्ष्यमा यो परियोजनाले नयाँ ऊर्जा दिने बताए।
उनका अनुसार, “यो प्लान्टले फोहोरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्ने संस्कृतिको सुरुवात गर्नेछ।”

महानगरले हालसम्म सडक, चोक र सार्वजनिक स्थलहरू सफा राख्न सफल हुँदै आएको छ। अब डम्पिङ साइटमा बन्ने नयाँ प्रशोधन प्लान्टमार्फत प्लास्टिक फोहोर पुनःप्रयोगमा ल्याउने र जैविक फोहोरबाट मल उत्पादन गर्ने व्यवस्था मिलाइनेछ।

महानगरका अनुसार, यो सम्झौताले फोहोर व्यवस्थापन प्रणालीमा ऐतिहासिक सुधार ल्याउने, प्लास्टिकजन्य फोहोर नियन्त्रणमा योगदान पुर्‍याउने र पर्यावरण संरक्षणमा दीर्घकालीन प्रभाव पार्नेछ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily