Aadarsh-Daily

पर्सामा उपचार खर्च तिर्न नसक्दा मृतकको शव अस्पतालको फ्रीजमा राखियो

ad-4p

पर्साको बहुदरमाई नगरपालिका–४ डोकेलाका ५५ वर्षीय महेन्द्रप्रसाद यादवको शव आर्थिक अभावका कारण वीरगञ्ज गण्डकस्थित नेपाल मेडिसिटी वयोधा अस्पतालको फ्रीजमा राखिएको छ।

content ad p2
content left

असोज १८ गते साँझ डोकेला चोकमा पैदल हिंडिरहेका यादवलाई बहुदरमाई–१ ध्यानसिंह पिपरा बस्ने मन्देश साहको तुरहा सवार मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करपछि तीनजना सवार मोटरसाइकल पनि यादवको शरीरमा लडेको थियो। त्यसपछि उनी गम्भीर घाइते भई अस्पतालमा उपचाररत थिए।

हस्पिटलमा कुल उपचार खर्च करिब ९ लाख रुपैयाँ पुगेको छ। ठक्कर दिने तुरहा र परिवारले हालसम्म जम्मा करिब २.५ लाख मात्र तिरेका छन्। आर्थिक अवस्था कमजोर भएका परिवारले बाँकी रकम तिर्न सकिरहेका छैनन्।

अस्पताल प्रशासनका अनुसार कानुनी मन्जुरी नबन्दा उपचार खर्च तिर्ने व्यवस्था नभएसम्म शव फिर्ता गरिँदैन। मृतकका आफन्तले तुरहालाई पक्राउ गरी उपचार खर्च र क्षतिपूर्ति दिलाउन प्रहरीले पहल गर्न अपील गरेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily