Aadarsh-Daily

वीरगञ्ज सुगौली विर्तामा मेलामा कुस्ती प्रतियोगिताको भव्य उद्घाटन

ad-4p

वीरगञ्ज महानगरपालिका वडा नम्बर २६, सुगौली विर्तामा जारी मेला महोत्सवमा कुस्ती प्रतियोगिताको भव्य उद्घाटन भएको छ। उद्घाटन समारोह संविधानसभा सदस्य तथा नेपाली काँग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्यले गरेका थिए।

content ad p2
content left

मेलामा भर्खरै कार्यक्रम सुरु भए तापनि दर्शकहरूको उपस्थिति निरन्तर बढिरहेको छ। उद्घाटन सत्रमै नेपाल र भारतका पहलवानबीच रोमाञ्चक भिडन्त भएको थियो। भारतका चर्चित पहलवान अब्दुल गनी र नेपालको प्रतिनिधित्व गर्दै देवा थापाबीचको कुस्तीले दर्शकको ध्यान खिचेको आयोजकले जानकारी दिएका छन्।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न नेता तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।

आयोजकका अनुसार, उद्घाटनपछि कुस्ती प्रतियोगिताका अन्य प्रतिस्पर्धा पनि जारी रहनेछन् र मेलामा दर्शकहरूको उत्साह अझै बढ्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily