Aadarsh-Daily

सिमरा खानेपानी समितिको नयाँ नेतृत्वका लागि निर्वाचन तालिका सार्वजनिक

ad-4p

सिमरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिले बुधबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै १७ दिने प्रक्रिया सार्वजनिक गरेको हो।

content ad p2

तालिका अनुसार निर्वाचन प्रक्रिया कार्तिक २० गतेदेखि सुरु हुनेछ भने मतदान मंसिर ६ गते सञ्चालन हुने छ। प्रारम्भिक मतदाताको नामावली कार्तिक २० गते अपरान्ह ४ बजे सार्वजनिक गरिनेछ।

यसैगरी, दाबीविरोध कार्तिक २२ गते, अन्तिम नामावली प्रकाशन कार्तिक २३ गते हुनेछ। ११ सदस्यीय कार्यसमितिका लागि मनोनयन दर्ता कार्तिक २५ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुने समितिको जानकारी छ।

content left

मनोनयनको छानबिन पश्चात उम्मेदवारको अन्तिम नामावली कार्तिक २९ गते प्रकाशित हुनेछ र सोही दिन चुनाव चिन्ह उपलब्ध गराइनेछ। प्रचारप्रसारको अवधि कार्तिक ३० गते सुरु भई मंसिर ४ गते राति १२ बजे सम्म रहनेछ।

मतदान मंसिर ६ गते बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ र निर्वाचनलगत्तै मतगणना सुरु गरिने प्रमुख निर्वाचन अधिकृत शालिकराम अधिकारीले जानकारी दिएका छन्।

निर्वाचनमा झण्डै पाँच हजार पाँच सय उपभोक्ता मतदानमा सहभागी हुने अनुमान छ। पाँच हजारभन्दा बढी बक्यौता रहेका उपभोक्ताले मतदानमा सहभागी हुन पाउने छैनन्, र अन्तिम नामावली प्रकाशनअघि बक्यौता तिरेका उपभोक्ताले मात्र मतदान गर्न सक्नेछन्।

निर्वाचन सञ्चालनका लागि ५ सदस्यीय समिति गठन गरिएको छ। समितिको नेतृत्व शालिकराम अधिकारी गर्नेछन् भने अन्य सदस्यहरूमा शरदचन्द्र भट्टराई, नवराज न्यौपाने, गंगाप्रसाद मैनाली र अम्बिका घिमिरे रहेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily