
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथसम्बन्धी विवादमा सर्वोच्च अदालत आज पुनः सुनुवाइ गर्दैछ। हिजोको इजलासमा दुवै पक्षका कानुन व्यवसायीको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा बहस जारी छ। रिट दायर गरेका मधेश प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले मुख्यमन्त्रीको नियुक्ति ‘संवैधानिक प्रक्रियाविरुद्ध’ भएको दाबी गरेका छन्।
यसअघि रकी यादवसहितले दायर गरेको अर्को रिटमा सर्वोच्च अदालतले मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पार्ने नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासबाट आएको उक्त आदेशले विवादको संवेदनशीलता थप बढाएको छ।
यस प्रकरणले प्रदेश सरकारको वैधानिकता, राजनीतिक स्थिरता र आगामी निर्णय प्रक्रियामा प्रत्यक्ष असर पार्ने भएकाले सुनुवाइप्रति चासो बढ्दै गएको छ।

