Aadarsh-Daily

रास्वपा र विवेकशील साझा पार्टीबीच एकता

ad-4p

राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच औपचारिक रूपमा एकता घोषणा भएको छ। राजधानीमा आयोजित एकता घोषणा सभामा दुवै दलका शीर्ष नेताहरूले एकीकरण सम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन्।

content ad p2

रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारबीच सहमति पत्रमा हस्ताक्षर भएको हो।

content left

सहमति अनुसार, वैकल्पिक राजनीतिको प्रवर्द्धनमा पूर्व नेताहरूको योगदान दस्तावेजीकरण गरिनेछ। महाधिवेशनसम्मका लागि बनाइएको विशेष संयन्त्रमा विवेकशील साझाबाट आउने नेताहरू आपसी समझदारीमा मनोनयन गरिनेछ। साथै, सदस्य र सल्लाहकारलाई स्थानीय, प्रादेशिक र केन्द्रीय संरचनामा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार बनाएर जिम्मेवारी तोकिने छ।

एकीकरणपछि दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, चिन्ह ‘घण्टी’ र झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारको बीचमा निलो घण्टी राखिने छ। पार्टीले नाममा रहेका सम्पत्ति र कानूनी प्रक्रिया आपसी समझदारीमा पूरा गर्ने सहमति पनि जनाएको छ।

पार्टीले लोकतान्त्रिक सुशासन र समुन्नतिका मुद्दा अघि बढाउन अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिलाई आव्हान गर्ने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily