Aadarsh-Daily

काठमाडौंका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन

ad-4p

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ।

content ad p2
content left

आइतबार बिहान स्वास्थ्य समस्या देखिएपछि उहाँलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको थियो।

अस्पतालका अनुसार शाहको पिसाबमा देखिएको संक्रमण शरीरभरि फैलिँदै गएपछि अवस्था गम्भीर बनेको थियो। चिकित्सकको विशेष टोलीले उपचार गरिरहे पनि ज्यान बचाउन नसकिएको बताइएको छ।

शाहको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री सुशीला कार्की सोमबार बिहान सिभिल अस्पताल पुगेकी थिइन्।
रामनारायण शाहको निधनसँगै मेयर बालेन्द्र शाहको परिवार शोकमा रहेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily