Aadarsh-Daily

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पुस २६–२८ मा हुने

ad-4p

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आउँदा पुस २६ गतेदेखि २८ गतेसम्म काठमाण्डौंमा हुने भएको छ। आज बसेको पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र कार्यतालिका सर्वसम्मतिले पारित गरेको छ ।

content ad p2
content left

कार्यतालिकाअनुसार, गाउँ अधिवेशन पुस १६ गते, गाउँ–नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते, र सातवटै प्रदेश अधिवेशन पुस २३ र २४ गते सम्पन्न गरिनेछ ।

महाधिवेशन तयारीका लागि कांग्रेसले विधान मस्यौदा समिति, क्रियाशील सदस्यता केन्द्रिय छानबिन समिति र केन्द्रीय निर्वाचन समिति पनि गठन गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आपसी परामर्श गरेर यी समितिहरूको गठन गर्नेछन् ।

सम्बन्धित खबर

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक

Aadarsh Daily

घरेलु हिंसाका घटना सर्वाधिक: ६ वर्षमा आयोगमा ७ हजारभन्दा बढी उजुरी

Aadarsh Daily

जेनजी आन्दोलनका माग कार्यान्वयन गर्ने सम्झौता, शहीद–घाइतेको परिपूरण र संविधान सुधार सुनिश्चित

Aadarsh Daily