Aadarsh-Daily

स्व. नरेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार आशुलाई प्रदान

ad-4p

पर्सा – स्वर्गीय नरेश सर्राफको स्मृतिमा स्थापना गरिएको ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ। सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित तेस्रो स्मृति सभामा उनलाई नगद २१ हजार रुपियाँसहित सम्मानपूर्वक पुरस्कृत गरिएको हो।

content ad p2
content left

सामाजवादी प्रेस संगठन नेपाल, जिल्ला कार्य समिति पर्साले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले स्व. नरेश सर्राफको पत्रकारितामा रहेको योगदान, सत्यनिष्ठा र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताले आजका पत्रकारलाई मार्गदर्शन गर्ने प्रेरणास्रोत बनेको बताए। उहाँका मूल्य, सिद्धान्त र निष्ठाले नयाँ पुस्तालाई अझ जिम्मेवार पत्रकारितातर्फ उन्मुख गराइरहेको उल्लेख गरियो।आयोजकका अनुसार यस वर्ष पत्रकार आशु सर्राफलाई प्रदान गरिएको पुरस्कारले निष्पक्ष, उत्तरदायी र समाजमुखी पत्रकारितालाई थप ऊर्जा र प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा सरोकारवाला, स्थानीय प्रतिनिधि, पत्रकार तथा स्व. सर्राफका परिवारजनको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले स्व. सर्राफको स्मृतिमा स्थापित यो पुरस्कार अब पत्रकारिताको क्षेत्रमै प्रेरणादायी परम्परा बन्दै गएको प्रतिक्रिया दिएका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily