
वीरगञ्जसहित मधेस प्रदेशका जिल्लामा चिसो क्रमशः बढ्दै गएको छ। बिहीबार बिहानदेखि वीरगञ्जमा चिसो हावासँगै शीतलहर चलेको छ भने बाक्लो हुस्सु लाग्दा दैनिक जनजीवन प्रभावित बनेको छ।

पर्सा, बारा, रौतहटलगायत जिल्लामा बिहानैदेखि हुस्सु फैलिँदा सडकमा दृश्यता घटेको छ। यसका कारण सवारी साधन सञ्चालनमा समस्या देखिएको छ भने सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ।
राजमार्ग तथा सहरी सडकहरूमा सवारी चालकहरूले बत्ती बालेर सावधानीपूर्वक सवारी चलाइरहेका छन्। चिसोको असर बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई विशेष सावधानी अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन्।
मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म मधेसमा चिसो र हुस्सुको अवस्था कायमै रहने सम्भावना छ।

