Aadarsh-Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

ad-4p

पर्सा- पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेले हजारौँ जनसमर्थकको उत्साहपूर्ण सहभागिताबीच मनोनयन दर्ता गराएका छन। जनलहर, नाराबाजी र अनुशासित उपस्थितिले कार्यक्रमलाई ऐतिहासिक र अर्थपूर्ण बनाएको थियो।

content ad p2

मनोनयन दर्ता कार्यक्रमअघि पोखरिया नगरपालिकास्थित शिव मन्दिरमा विधिवत पूजा–अर्चना गर्दै, वीर सहिद चन्दन पटेलको सालिकमा माल्यार्पण गरी पाण्डेले लोकतान्त्रिक प्रक्रिया र सहिदप्रति सम्मान प्रकट गरेका थिए। यसले उनको राजनीतिक संस्कार, मूल्य र जिम्मेवारीबोधलाई स्पष्ट रूपमा उजागर गरेको

content left

मनोनयनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उम्मेदवार पाण्डेले“शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता बनाउँदै क्षेत्रलाई आर्थिक र सामाजिक रूपमा समग्र समृद्धितर्फ लैजाने” प्रतिबद्धता व्यक्त गरेका छन। उनले युवाको ऊर्जा, नयाँ सोच र परिणाममुखी नेतृत्वमार्फत पर्सा–३ लाई विकासको नयाँ मोडमा पुर्‍याउने दृढ विश्वास व्यक्त गरे।

 

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, जिल्ला कमिटी अध्यक्ष विश्वम्भर शर्मा, शिव पटेल, पूर्व प्रदेश सभा सदस्य मञ्जुर अन्सारी, सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवन्त यादव लगायत क्षेत्रका चिरपरिचित नेता, कार्यकर्ता तथा स्थानीय युवा, बृद्ध, बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

नेताहरूले पाण्डेलाई स्वच्छ छवि, विकासप्रेमी सोच र जनतासँग प्रत्यक्ष जोडिएको युवा नेतृत्वका रूपमा चित्रित गर्दै पर्सा–३ का लागि सही विकल्प भएको धारणा राखे। उनीहरूका अनुसार यो चुनाव केवल व्यक्ति परिवर्तनको मात्र नभई पुरानो सोच र जडताबाट मुक्त भएर विकासमुखी राजनीतिक संस्कृतितर्फ जाने अवसर हो।

“पुराना होइन, नयाँलाई रोजौँ – क्षेत्रलाई विकासमुखीमा परिवर्तन गरौँ” भन्ने मूल नारासहित सम्पन्न मनोनयन दर्ता कार्यक्रमले पर्सा–३ को चुनावी माहोललाई थप तातेको छ। जनसहभागिता, उत्साह र समर्थनको आधारमा रूपेश पाण्डे पर्सा–३ मा एक बलियो र निर्णायक उम्मेदवारका रूपमा उदाएका छन।

सम्बन्धित खबर

रिमा यादवलाई जिताउन वीरगञ्जको कुहडीमा एमालेको अगुवा भेला सम्पन्न,

Aadarsh Daily

कृषक र युवासँग संवाद गर्दै कानु, पर्सागढी–३ मा घरदैलो सम्पन्न

Aadarsh Daily

वीरगञ्ज खानेपानी संकट २४ घण्टामै समाधान गरेको दाबी गर्दै प्रदीप यादवले दोहोर्‍याए जनताको बिचमै रहने प्रतिबद्धता

Aadarsh Daily