Aadarsh-Daily

पर्सा–३ मा जनलहर उर्लियो, रूपेश पाण्डेको जित निश्चिततर्फ

ad-4p

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पटेर्वा सुगौली गाउँपालिकामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य पदका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा जनलहर उर्लिएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिताले पर्सा–३ मा परिवर्तन निश्चित भएको संकेत गरेको छ।

content ad p2

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय कमिटी उपमहासचिव तथा पूर्व मन्त्री, लोकप्रिय युवा नेता योगेश भट्टराईले पर्सा–३ मा परिवर्तन अवश्यंभावी रहेको र युवा उम्मेदवार रूपेश कुमार पाण्डेको जित सुनिश्चित रहेको दाबी गरे। उनले विकास, सुशासन र रोजगारी सिर्जनामा नेकपा एमाले स्पष्ट भिजनसहित अघि बढेको उल्लेख गर्दै मधेसको समग्र विकासमा एमालेको नेतृत्व अपरिहार्य रहेको बताए।

content left

अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा युवा उम्मेदवार रूपेश कुमार पाण्डेले क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक विकासलाई केन्द्रमा राख्दै आफ्नो स्पष्ट भिजन प्रस्तुत गरे। उनले पर्सा–३ लाई समृद्ध, आत्मनिर्भर र अवसरयुक्त क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र युवाको रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। “अब नाराभन्दा कामको राजनीति आवश्यक छ,” भन्दै पाण्डेले जनताको विश्वासलाई विकासमा बदल्ने संकल्प दोहोर्‍याए।

नेकपा एमाले पटेर्वा सुगौली गाउँपालिका कमिटी अध्यक्ष पुरण यादवको अध्यक्षता तथा केन्द्रीय कमिटी उपमहासचिव योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य बिजय सरावगी, केन्द्रीय सल्लाहकार परिषद सदस्य अरबिन्द सिंह, मधेस प्रदेश कमिटीका उपाध्यक्ष बिचारी यादव, प्रदेश कमिटी सदस्यहरू, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दाश, एमाले नेता शिव पटेल, प्रमोद जयसवाल, महिला नेत्री मन्तुरा चौधरी, फुलमति चौधरी लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले देशको राष्ट्रियता, स्थिरता र समृद्धिका लागि नेकपा एमालेको नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गर्दै पर्सा–३ बाट योग्य, ऊर्जावान र विकासप्रेमी उम्मेदवारको रूपमा रूपेश कुमार पाण्डेलाई विजयी गराउन आह्वान गरे। स्थानीय स्तरमा बढ्दो जनसमर्थनले पर्सा–३ मा नेकपा एमालेको आधार थप मजबुत बन्दै गएको देखिएको छ।

पटेर्वा सुगौलीमा देखिएको उत्साह र जनसहभागिताले पर्सा–३ मा राजनीतिक परिवर्तनको स्पष्ट संकेत दिएको छ, जहाँ विकास र समृद्धिको एजेन्डासहित मैदानमा उत्रिएका युवा उम्मेदवार रूपेश कुमार पाण्डेप्रति जनविश्वास बढ्दो क्रममा देखिएको छ।

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना, पर्सामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily