Aadarsh-Daily

आज ११० समानुपातिक सांसदलाई निर्वाचन आयोगद्वारा प्रमाणपत्र दिने

ad-4p

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० जना सांसदहरूलाई आज बिहान प्रमाणपत्र प्रदान गरिने भएको छ।

content ad p2

निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११ बजे आयोगको कार्यालयमा प्रमाणपत्र वितरण कार्यक्रम आयोजना हुनेछ। प्रमाणपत्र वितरणसँगै यस पटकको प्रतिनिधिसभा निर्वाचन प्रक्रिया लगभग पूर्णता पुग्नेछ।

content left

आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिकतर्फ विभिन्न दलहरूले प्राप्त मतका आधारमा सिट बाँडफाँड गरिएको छ। जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट ५७ जना, नेपाली काँग्रेसबाट २० जना, नेकपा (एमाले)बाट १६ जना, नेपाली कम्युनिस्ट पार्टीबाट ९ जना तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चार–चार जना सांसद निर्वाचित भएका छन्।

प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएलगत्तै अपराह्न ४ बजे प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समग्र प्रतिवेदन रामचन्द्र पौडेलसमक्ष बुझाइने तयारी गरिएको छ। त्यसपछि साँझ साढे ५ बजे आयोगले पत्रकार सम्मेलन गरी निर्वाचनसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गर्ने जनाएको छ।

निर्वाचित सबै सांसदहरूको शपथग्रहण कार्यक्रम भने चैत १२ गतेका लागि तय गरिएको छ। प्रमाणपत्र वितरण र प्रतिवेदन बुझाइएपछि नेपालको संविधानको धारा ७६ (१) बमोजिम सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान गर्ने बाटो खुल्नेछ।

निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेसँगै अब राजनीतिक दलहरूबीच नयाँ गठबन्धन र सरकार निर्माणको बहस तीव्र हुने देखिएको छ।

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily