Aadarsh-Daily

पर्सा–२ मा अजयकुमार चौरसियाको चुनावी खर्च ११ लाख ४१ हजार

ad-4p

वीरगञ्ज, ८ चैत । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेर चुनाव लडेका अजयकुमार चौरसिया ले आफ्नो चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।

content ad p2

पूर्वमन्त्रीसमेत रहेका चौरसियाले आफ्ना निर्वाचन प्रतिनिधि रन्जितकुमार पटेलमार्फत चैत २ गते निर्वाचन कार्यालय पर्सामा खर्च विवरण बुझाएका हुन्।

content left

उक्त विवरणअनुसार उनले फागुन २१ गते सम्पन्न निर्वाचनमा कूल ११ लाख ४१ हजार ४८७ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। खर्चमध्ये सवारी साधन तथा इन्धनमा सबैभन्दा बढी ३ लाख ८५ हजार रुपैयाँ खर्च भएको जनाइएको छ।

यस्तै वडास्तरीय प्रचारप्रसार तथा खाना–नास्तामा २ लाख ५२ हजार रुपैयाँ, निर्वाचन कार्यालय सञ्चालन तथा विविध खर्चमा १ लाख ५२ हजार रुपैयाँ र ब्यानर तथा पम्प्लेटमा १ लाख १० हजार ७४० रुपैयाँ खर्च गरिएको छ।

त्यसैगरी गोष्ठी तथा भेलामा ७८ हजार रुपैयाँ, डिजिटल मिडियामा ५० हजार ८५० रुपैयाँ, झण्डामा ४५ हजार २०० रुपैयाँ, ब्यानरमा ४१ हजार ६९७ रुपैयाँ, मतदाता नामावलीमा १६ हजार रुपैयाँ र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

पर्सा–२ मा सुशीलकुमार कानु ३० हजार ७४० मतसहित विजयी भएका थिए भने चौरसिया ११ हजार ८९० मतसहित दोस्रो स्थानमा रहे। एमालेकी रिमा कुमारी यादव ले ११ हजार ६०५ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकी थिइन्।

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily