Aadarsh-Daily

आज चैती छठको मुख्य दिन : साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

ad-4p
content left

वीरगञ्ज । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य दिन आज मङ्गलवार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छन्।

चैत शुक्ल पक्षको षष्ठी तिथिमा मनाइने यो पर्वलाई ‘सँझिया घाटे’ पनि भनिन्छ। व्रतालुहरू नदी, पोखरी, तलाउ तथा विभिन्न जलाशयमा तयार पारिएका छठ घाटहरूमा पुगेर सूर्य भगवान् र छठी माताको पूजा–आराधना गर्दै अर्घ अर्पण गर्नेछन्।

वीरगञ्जका घडीअर्वा पोखरी, सिर्सिया नदी (रानीघाट), नगवा, छपकैया, म्रुलीलगायतका प्रमुख घाटहरूमा साँझ ठुलो सङ्ख्यामा व्रतालुहरूको उपस्थिति रहने अनुमान गरिएको छ।

अर्घका लागि गहुँ वा चामलको पिठोबाट बनाइने ठेकुवा, मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिँगडा, उखुलगायतका फलफूल तथा प्रसादहरू तयार पारिएको छ।

छठ पर्वको अन्तिम दिन भोलि बुधबार बिहान व्रतालुहरूले पुनः छठ घाटमै पुगेर उदाउँदो सूर्यलाई अर्घ दिएपछि पूजा विधिवत् रूपमा समापन हुनेछ।

चैती छठ पर्व आइतबार ‘नहाय खाय’ विधिबाट सुरु भएको थियो भने सोमबार ‘खरना’ सम्पन्न गरी मंगलबारदेखि व्रतालुहरूले निराहार व्रत बस्दै आएका छन्।

सत्य, अहिंसा र सबै प्राणीप्रतिको सहानुभूति जगाउने तराई–मधेसको महान् चाड छठ वर्षमा दुई पटक (कात्तिक र चैत) मनाइन्छ। पछिल्लो समय चैती छठ मनाउनेहरूको सङ्ख्या निरन्तर बढ्दै गएको छ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily