Aadarsh-Daily

नारायणी अस्पतालमा बेथितीबारे सांसद कानुको प्रजिअसँग छलफल

ad-4p

वीरगन्ज, पर्सा — पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानु ले नारायणी अस्पताल मा देखिएको बेथितीबारे भोला दाहाल सँग छलफल गरेका छन्।

content ad p2

मंगलबार प्रजिअ दाहालकै कार्यकक्षमा भएको भेटमा सांसद कानुले अस्पतालमा बिचौलिया तथा दलालहरूको सक्रियता बढेको भन्दै त्यसको प्रत्यक्ष मार बिरामीहरूमा परेको उल्लेख गरे। उनले बिरामीलाई विभिन्न शल्यक्रियाको नाममा कमिसनका लागि निजी अस्पतालमा रेफर गर्ने प्रवृत्ति मौलाउँदै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गैरकानुनी गतिविधि तुरुन्त रोक्न माग गरे।

सांसद कानुले केही निजी अस्पतालले एम्बुलेन्स चालकमार्फत बिरामी प्रभावित पार्ने र दलालीमार्फत रेफर गर्ने काम भइरहेको पनि औंल्याए। “सरकारी अस्पतालमा चिकित्सक समयमै नआउने र पूरा ड्युटी अवधि नबस्ने जस्ता समस्याले सेवाग्राही प्रत्यक्ष मारमा परेका छन्,” उनले भने, “यसलाई नियन्त्रण गर्न नियमित अनुगमन र कडाइ आवश्यक छ।”

content left

यसैबीच उनले छठ पर्व का बेला छठघाट वरपर माछामासु बिक्री भइरहेकोप्रति आपत्ति जनाउँदै धार्मिक आस्था र सामाजिक सद्भाव कायम राख्न यस्ता गतिविधि रोक्न आग्रह गरे।

गर्मी मौसमसँगै सम्भावित आगलागी लगायतका विपद् व्यवस्थापनबारे पनि सांसद कानुले चासो व्यक्त गर्दै दमकल, पानीको स्रोत, उद्धार टोली र आवश्यक उपकरणको पर्याप्त तयारी गर्नुपर्नेमा जोड दिए।

छलफलमा प्रजिअ दाहालले उठाइएका विषयमा आफू सकारात्मक रहेको जनाउँदै आवश्यक अनुगमन, समन्वय र कारबाही अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुधिर पटेल, मुर्ली जलान, फैयाज मिया र प्रकाश साह लगायतको पनि उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily