Aadarsh-Daily

पोखरिया बनकटवामा क्यान्सर बिरामीलाई राहत सामग्री हस्तान्तरण

ad-4p

वीरगन्ज । पर्साको पोखरिया नगरपालिका–१ बनकटवा टोलमा रहेका एक क्यान्सर पीडित बिरामीलाई खाद्यान्न सामग्री तथा कम्बल सहयोग गरिएको छ।

content ad p2

उपकार सेवा नेपाललायन्स क्लब को संयुक्त पहलमा उक्त सहयोग प्रदान गरिएको हो।

content left

उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानी, लायन्स क्लब अफ वीरगन्ज ह्युमिनिटीका अध्यक्ष अमर कान्त झा तथा सचिव ललन तिवारी लगायतको टोलीले मंगलबार बिरामीको घरमै पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन्।

टोलीले दाल, चामल, आलु, खानेतेल, नुन, हर्लिक्स, बिस्कुट लगायतका खाद्यान्न सामग्रीसहित कम्बल प्रदान गरेको जनाएको छ।

आर्थिक रूपमा अत्यन्तै विपन्न अवस्थामा रहेका ती बिरामीको परिवारलाई दैनिक गुजारा चलाउन समेत कठिन भएको जानकारी पाएपछि मानवीय सेवाभावका साथ सहयोग गरिएको लायन्स क्लब अफ पोखरियाका अध्यक्ष शमानीले बताए।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily