Aadarsh-Daily

वीरगञ्ज नाकाबाट एलपी ग्यास आयातमा उल्लेख्य वृद्धि

ad-4p
content left

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै एलपी ग्यास आयातमा पछिल्लो समय उल्लेख्य वृद्धि भएको छ । पछिल्लो करिब डेढ महिनाको अवधिमा २ हजार १३६ वटा ग्यास बुलेट नेपाल भित्रिएको तथ्यांक सार्वजनिक भएको हो ।

मध्यपूर्व क्षेत्रमा देखिएको अस्थिरताका कारण ग्यास आपूर्तिमा दबाब बढिरहेका बेला वीरगञ्ज नाका ग्यास आयातको प्रमुख मार्गका रूपमा स्थापित भएको छ । भन्सार कार्यालयका अनुसार फागुन महिनामा मात्रै १ हजार ५६० बुलेट ग्यास भित्रिएको थियो भने चैत १३ गतेसम्म थप ५७६ बुलेट आयात भइसकेका छन् ।

एकीकृत भन्सार जाँच चौकीका अधिकारीहरूका अनुसार आपूर्ति सहज बनाउन आयात बढाइएको हो । चालु आर्थिक वर्षको सात महिनामा यस नाका हुँदै २० अर्ब ८५ करोड रुपैयाँ बराबरको २० करोड किलोभन्दा बढी एलपी ग्यास आयात भएको जनाइएको छ ।

गत वर्षको तुलनामा केही कमी देखिए पनि हालको आपूर्ति सन्तुलित राख्न निरन्तर प्रयास भइरहेको जनाइएको छ । साथै सम्भावित संकट व्यवस्थापनका लागि भण्डारण, वितरण तथा वैकल्पिक स्रोतको तयारीसमेत भइरहेको सरोकारवाला निकायले बताएका छन् ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily