Aadarsh-Daily

पर्सामा एसईई परीक्षा, २७ केन्द्रमा १० हजार बढी विद्यार्थी सहभागी हुने

ad-4p
content left

वीरगञ्ज ।  चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि पर्सामा सम्पूर्ण तयारी पूरा भएको छ। यस वर्ष जिल्लाबाट १० हजार ७०३ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन्।

शिक्षा विकास तथा समन्वय इकाइ पर्साका अनुसार जिल्लाका १५३ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन्, जसमा ७० सामुदायिक र ८३ निजी विद्यालय रहेका छन्। ग्रामीण क्षेत्रका १४ र शहरी क्षेत्रका १३ गरी कुल २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

इकाइ प्रमुख मोतीप्रसाद भट्टराईका अनुसार परीक्षा सञ्चालनका लागि २७ केन्द्राध्यक्ष, ५८ सहायक केन्द्राध्यक्ष, ५२३ निरीक्षकसहित १ हजार ३०४ जनशक्ति परिचालन गरिनेछ। साथै, परीक्षा निष्पक्ष र मर्यादित बनाउन केन्द्राध्यक्षहरूलाई अभिमुखीकरणसमेत गरिसकिएको छ, जसमा प्रमुख जिल्ला अधिकारी भोला दाहाललगायत सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।

प्रश्नपत्रहरू सम्बन्धित प्रहरी चौकीमार्फत सुरक्षित रूपमा केन्द्रमा पु¥याइसकिएको छ भने विद्यालयस्तरका बाँकी तयारी अन्तिम चरणमा पुगेका छन्। पर्सामा यस वर्षको एसईई परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily