Aadarsh-Daily

पर्सामा जेन-जेड यूथ फोर्सको जिल्ला स्तरीय बैठक सम्पन्न

ad-4p

वीरगञ्ज – जेन-जेड यूथ फोर्स पर्साको जिल्ला स्तरीय बैठक मङ्गलवार वीरगञ्जमा सम्पन्न भएको छ। बैठकमा पर्सा जिल्लाका विभिन्न वडा तथा स्थानीय तहबाट सयौँ युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

content ad p2

बैठकको मुख्य उद्देश्य संगठनलाई थप सशक्त र प्रभावकारी बनाउने, युवा नेतृत्व विकासलाई प्राथमिकता दिने तथा युवाहरूको व्यापक सहभागिता सुनिश्चित गर्नु रहेको थियो। छलफलका क्रममा सहभागी युवाहरूले टोलदेखि जिल्ला तहसम्म संगठनलाई मजबुत बनाउने रणनीतिमा जोड दिएका थिए।

content left

बैठकले छिट्टै टोल, वडा, पालिका, महानगरपालिका तथा जिल्ला स्तरमा समितिहरू गठन गर्ने निर्णय गरेको छ। यसैसाथ संगठनमा थप युवाहरूलाई आबद्ध गर्ने, भ्रष्टाचारविरुद्ध सक्रिय अभियान सञ्चालन गर्ने र विभिन्न सामाजिक कार्यहरू अगाडि बढाउने योजना समेत तय गरिएको छ।

कार्यक्रममा सहभागी युवाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आयोजक पक्षले आगामी दिनहरूमा जेन-जेड यूथ फोर्स पर्सालाई अझ सशक्त र प्रभावकारी बनाउँदै लैजाने विश्वास व्यक्त गरेको छ।

बैठकको सम्पूर्ण जानकारी बहुदरमाई नगरपालिकाका जेन-जेड युवा सुनिल कुमार यादवले उपलब्ध गराएका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily