Aadarsh-Daily

पूर्वमुख्यमन्त्री राउतका भतिजो मधेश विश्वविद्यालयका कर्मचारी छात्रामाथि अनैतिक सम्बन्धको आरोपमा पक्राउ

ad-4p

वीरगंज – वीरगंजस्थित मधेश विश्वविद्यालयका एक कर्मचारी छात्रामाथि अनैतिक दबाब दिने आरोपमा पक्राउ परेका छन्। प्रशासन शाखामा कार्यरत राजु गद्दीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले नियन्त्रणमा लिएको छ।

content ad p2

प्रहरीका अनुसार गद्दीले एक छात्रालाई अनैतिक सम्बन्धका लागि निरन्तर दबाब दिँदै आएका थिए। उजुरीमा उल्लेख भएअनुसार, उनले प्रस्ताव स्वीकार गरेमा परीक्षामा सहयोग गर्ने आश्वासन दिनुहुन्थ्यो भने अस्वीकार गरेमा ‘मार्क्स घटाइदिने’ र अनुत्तीर्ण गराइदिने धम्की दिएका थिए।

content left

पीडित छात्राले सुरुवातमा सहयोगको बहानामा नजिकिएका गद्दीले पछि फोन र सामाजिक सञ्जालमार्फत अनुपयुक्त सन्देश पठाउन थालेको आरोप लगाएकी छन्। प्रस्ताव अस्वीकार गरेपछि उनले छात्राको शैक्षिक भविष्य नै समाप्त पार्ने चेतावनी दिएको उजुरीमा उल्लेख छ। पीडितले चैत १४ गते उजुरी दर्ता गराएकी थिइन्।

उजुरीपछि फरार रहेका गद्दीलाई प्रहरीले खोजी गरी पक्राउ गरेको हो। पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले आरोपितमाथि कानुनी प्रक्रिया अघि बढाइएको र घटनाको थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

घटना सार्वजनिक भएपछि विश्वविद्यालयभित्र अन्य छात्राहरू पनि यस्तै दुर्व्यवहारको सिकार भएको हुन सक्ने आशंका व्यक्त गरिएको छ। शिक्षण संस्थाभित्रै कर्मचारीबाट यस्तो गतिविधि हुनु गम्भीर विषय भएको भन्दै विद्यार्थीको सुरक्षा र शैक्षिक मर्यादामाथि प्रश्न उठेको छ।

अहिले सम्वादमा आएका विवरणअनुसार, पक्राउ परेका गद्दी मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतका भतिजो रहेको बताइएको छ। उच्च पहुँच भएका व्यक्तिसँग सम्बन्धित घटनाले प्रकरणलाई थप संवेदनशील र चर्चित बनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily