
अम्पायरबारे सामाजिक सञ्जालमा गरिएको टिप्पणीका कारण नेपाली क्रिकेटर करण केसी कारबाहीमा परेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एक खेलका लागि निलम्बन गर्नुका साथै शतप्रतिशत म्याच फी जरिवाना गर्ने निर्णय गरेको हो।

क्यानका अनुसार केसीले सार्वजनिक गरेको अभिव्यक्ति खेल भावना विपरीत देखिएकाले अनुशासनात्मक कारबाही गरिएको हो। उक्त विषयले क्रिकेट वृत्तमा विवाद सिर्जना गरेपछि क्यानले औपचारिक निर्णय लिएको जनाएको छ।
यस निर्णयसँगै केसीले नेपाल पुलिस क्लबबाट खेल्दै आएको टोलीको एक खेल गुमाउनेछन् भने सो खेलको पारिश्रमिक पनि नपाउने भएका छन्।
केसीले यसअघि आफ्नो स्टाटस हटाउँदै माफी मागेका थिए। तर, क्यानले आचारसंहिता उल्लंघन भएको ठहर गर्दै कारबाही अगाडि बढाएको जनाएको छ।

