Aadarsh-Daily

नियम मिच्दा छुट छैन: सभामुख डीपी अर्यालको गाडी कारबाहीमा

ad-4p

काठमाडौंकाठमाडौंमा सभामुख डीपी अर्याल सवार गाडीलाई ट्राफिक प्रहरीले नियम उल्लंघन गरेको भन्दै चिट काटेको छ।

content ad p2
content left

थापाथली क्षेत्रमा लेन क्रस गरेर ट्राफिक नियम उल्लंघन गरेको आरोपमा उक्त गाडीलाई कारबाही गरिएको हो। सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा सवारी साधनलाई समेत चिट काटिएको जनाइएको छ।

उक्त गाडी नियम उल्लंघन गर्दै सिंहदरबार पुगेपछि बुधबार ट्राफिक प्रहरीले सिंहदरबारमै पुगेर कारबाही गरेको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय स्रोतका अनुसार नियम उल्लंघन गर्ने जोसुकै भए पनि कारबाही हुने स्पष्ट गरिएको छ।

‘नियम उल्लंघन गर्ने सबै समान हुन्, कसको गाडी भन्ने होइन, नियम मिच्ने सवारीलाई कारबाही गरिन्छ,’ ट्राफिक प्रहरी स्रोतले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily