Aadarsh-Daily

१७ दिन भईसक्दा पनि बलात्कारका आरोपीहरु पक्राउ पर्न सकेनन्

ad-4p

पर्साको सखुवा प्रसौनी गाउँपालिकाका बलुवामा १२ वर्षीया नाबालिगमाथि जबरजस्ती करणीको आरोप लागेका दुई जना युवक घटना भएको १७ दिन भईसक्दा पनि पक्राउ परेका छैनन्।

content ad p2

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार डोकैला बहुअरीस्थित एक विद्यालयका २६ वर्षीय शिक्षक रूपेश यादव र २० वर्षीय लड्डु यादवविरुद्ध उक्त आरोपमा मुद्दा दर्ता भएको छ।

content left

गत चैत १७ गते बालिकालाई ललाइफकाइ विभिन्न स्थानमा लगेर उनीहरुले जबरजस्ती करणी गरेको पिडित नाबालिकाले बताएकी छन । घटनापछि चैत १८ गते पीडित परिवारले शरीर बन्धक तथा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गराएको थियो।

स्वास्थ्य परीक्षणपछि घटनाको पुष्टि भईसकेपछि अनुसन्धान अघि बढाइएको भए पनि मुख्य आरोपीहरू अझै फरार रहेका छन्।

गम्भीर प्रकृतिको घटनामा संलग्न आरोपितहरू लामो समयसम्म पक्राउ नपर्नुले सुरक्षा निकायको कार्यक्षमतामाथि प्रश्न उठाएको छ। प्रहरीले फरार रहेका दुवै व्यक्तिको खोजी कार्य जारी रहेको जनाएको छ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily