Aadarsh-Daily

रौतहटमा हुण्डीको ५ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

ad-4p

रौतहटमा सशस्त्र प्रहरीले स्रोत नखुलेको (हुण्डी) पाँच लाखभन्दा बढी नगद रकमसहित दुई जनालाई पक्राउ गरेको छ। बोर्डर आउट पोस्ट बेलबिछवाबाट खटिएको सशस्त्र प्रहरी टोलीले राजदेवी नगरपालिका–८ क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

content ad p2

पक्राउ पर्नेमा भारत, बिहार राज्य सितामढीका नजिर नट र सर्लाहीका मुम्ताज अंसारी रहेका छन्। उनीहरू भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०६ ए ६२९२ नम्बरको भारतीय मोटरसाइकलमा सवार थिए।

content left

सशस्त्र प्रहरीका अनुसार चेकजाँचका क्रममा नजिर नटको साथबाट ३ लाख २२ हजार रुपैयाँ र मुम्ताज अंसारीको साथबाट २ लाख ४ सय ९० रुपैयाँ बरामद गरिएको हो। बरामद कुल रकम ५ लाख २२ हजार ४ सय ९० रुपैयाँ रहेको छ।

प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम सागर बिष्टका अनुसार दुवै जनाले रकमको स्रोत खुलाउन नसकेपछि उनीहरूलाई मोटरसाइकल र नगदसहित नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily