Aadarsh-Daily

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

ad-4p

पर्साको धोबिनी गाउँपालिकामा ६२ वर्षीया महिलाको हत्या गरी घरबाट नगद तथा गहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

content ad p2

पक्राउ पर्नेमा धोबिनी गाउँपालिका–५ का १८ वर्षीय चन्दन कुमार पटेल, रामु पासवान र घलथरिया भनिने राज कपुर बैठा रहेका छन्।

content left

प्रहरीका अनुसार असोज ४ गते राति तीनै जनाले चोरी गर्ने योजना बनाई करिब २ः३० बजे घरको पछाडिको पर्खाल हुँदै माथिल्लो तलामा प्रवेश गरेका थिए। उनीहरूले दराज र बाकसको ताल्चा फुटाउँदै गर्दा आवाज सुनेर ६२ वर्षीया लखरजिया देवी माथि पुगेपछि पहिचान खुल्ने डरले उनको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनापछि उनीहरूले घरबाट सुनका गहना तथा नगद लिएर फरार भएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा चन्दनको घरबाट सुनजस्तो देखिने चुरा दुई थान, चोरीको रकमबाट तिरेको ३ हजार रुपैयाँ बराबरको विवरण र राज कपुरको साथबाट ७५० रुपैयाँ बरामद भएको छ।

त्यस्तै, घटनास्थलबाट फुटप्रिन्ट, गाडीको स्प्रिङ पत्ता, पिलास र चक्कुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाविरुद्ध पर्सा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए।

सम्बन्धित खबर

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily

चोलेन्द्र जबरा पक्राउ नभएको प्रहरीको दाबी

Aadarsh Daily