
असोज १७ गतेदेखि तीन दिनसम्म देशभर ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको खबरलाई मौसम पूर्वानुमान महाशाखाले गलत भनेको छ।

महाशाखाका अनुसार हाल त्यस्तो ठूलो वर्षाको कुनै पूर्वानुमान छैन। मौसमसम्बन्धी सही जानकारीका लागि विभागको आधिकारिक सूचना तथा नियमित बुलेटिन हेर्न आग्रह गरिएको छ।
केही दिनको वर्षापछि मौसम खुलेको छ। बुधबार कोशी र बागमतीका हिमाली तथा पहाडी केही स्थानमा र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

