
नेपाली कांग्रेस पर्साले असोज १४ गते हुने वीरगन्ज महानगरपालिकाको विशेष नगरसभामा सहभागी नहुन आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएको छ।

जिल्ला सचिव दिवेश कुमार चौधरीले पत्रमार्फत उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यलाई नगरसभामा सहभागी नहुन ह्विप जारी गरेका हुन्।
महानगरको बजेट विवादपछि विशेष नगरसभा बोलाइएको हो। कांग्रेसले बजेट परिवर्तनको प्रक्रिया रोक्न नगरसभा बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ। यद्यपि, कांग्रेसका जनप्रतिनिधि सहभागी नभए पनि नगरसभा सञ्चालनका लागि आवश्यक बहुमत पुग्ने अवस्था रहेको बताइएको छ।

