Aadarsh-Daily

धनुषाको सुगा-निकास तनावग्रस्त , स्थानिय र प्रहरी बिचको झडपमा तिनजना घाइते

ad-4p

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका वडा नं. ५ सुगा-निकास स्थित ईलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानिय र प्रहरी बिचको झडपमा तिनजना घाइते भएका छन् ।

content ad p2

एक स्थानियको प्रहरी कुटाईबाट निधन भएपछि आक्रोसित स्थानियको भिड प्रहरी चौकी घेराउ गर्न पुगेपछि प्रहरीले आत्मरक्षाका लागि हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयको भनाई छ ।

content left

स्थानिय दिपा मण्डललाई विवादको घटनमा प्रकाउ गरि ईलाका प्रहरी कार्यालयमा लगिएका बेला प्रहरी सई तुलानन्द ठाकुरको पिटाईबाट मण्डलको संवेदनशिल अंगमा चोट लाग्न गई निधन भएको स्थानियको आरोप छ ।

मण्डलको निधन भएपछि आक्रोसित स्थानियहरु शुक्रवार बिहानै ईलाका प्रहरी घेराउ गर्न पुगेको बताइएको छ । घटना स्थल तनाव ग्रस्त रहेको र प्रहरी डिएसपी नेतृत्वको टोली घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily