Aadarsh-Daily

सेफ्टी ट्याङकीमा डुबेर अढाइ वर्षीय बालकको मृत्यु

ad-4p

वीरगञ्ज । सर्लाहीमा सेफ्टी ट्याङकीमा डुबेर एक बालकको ज्यान गएको छ । ईश्वरपुर नगरपालिका वडा नं. ८, रामपुरस्थित एक बालकको सेफ्टी ट्याङकी डुबेर ज्यान गएको हो ।

content ad p2
content left

स्थानीय कमल राउतका अढाइ वर्षीय छोरा सोहन राउतको छिमेकी मानबहादुर कार्कीको ट्वाइलेटको सेफ्टी ट्याङकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । खेलिरहेका बालक जस्तापाताले छोपेर राखिएको सेफ्टी ट्याङकीको खाल्डोमा डुबेका थिए । सोहनलाई तत्काल उपचारका लागि अमृत हेल्थ केयर बयलवास लगिएको थियो ।

तर चिकित्सकले उनलाई मृत घोषित गरेको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जनाए । मृतक बालकको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि सोमबार साँझ अभिभावकलाई बुझाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily