Aadarsh-Daily

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

ad-4p

बीरगंज । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।

content ad p2
content left

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै उपकुलपति हुन इच्छुक उम्मेदवारहरुलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ।

समितिले यही माघ २२ गते उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि स्वीकृत गरेको थियो । सोही कार्यविधि बमोजिम दरखास्त आह्वान गरिएको समितिले जनाएको छ ।

उपकुलपति छनोट तथा सिफारिस समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राई नेतृत्वमा बनेको छ । सो समितिले उपकुलपति नियुक्तिका लागि कुलपति एवम् प्रधानमन्त्री समक्ष नाम सिफारिस गर्दछ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily