Aadarsh-Daily

बहुअरी गाउँको सडक फराकिलो पारिंदै

ad-4p
content left

परवानीपुर, २४ माघ/ बारा, परवानीपुर गाउँपालिका–५ बहुअरी गाउँको मुख्य सडक फराकिलो पार्ने योजना अघि बढेको छ । सोमवारदेखि गाउँको मुख्य सडकको चौडाइ नाप्ने काम शुरू भएकामा कहीं १३, कहीं १६, कहीं २० फिट चौडा देखिएका छन् ।
औसतमा करीब २० फिट चौडा र आठ सय मिटर लम्बाइको मुख्य सडकको दायाँ–बायाँ दुवै छेउमा पाँच/पाँच फिट चौडा नाला बनाएर सडक ढलान गर्ने योजना बनेको परवानीपुर गापाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले बताए ।
सडक नापजाँच भइरहँदा गापा उपाध्यक्ष सुगान्धी देवी, वडा नं ५ का अध्यक्ष रामेश्वर कलवार, वडा सदस्यलगायत जनप्रतिनिधिहरूको टोली बहुअरी गाउँ पुगेको थियो । वर्षौंदेखि साँघुरो सडक फराकिलो पार्ने योजना अघि बढ्दा गाउँले खुशी भएका छन् । एक/दुई ठाउँमा सामान्य अवरोधबाहेक सडक चौडा पार्ने काम अगाडि बढ्ने बताइएको छ । उक्त सडक फराकिलो गरेर ढलान गर्न गापाले चालू आवमा रु ९० लाखको बजेट विनियोजन गरिसकेको छ । बजेट कम भएमा आगामी वर्षको बजेटमा पनि समेट्ने अध्यक्ष कुर्मीले बताए ।

content ad p2

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily