Aadarsh-Daily

मधेसका सिमान्तकृत महिलाहरुको शसक्तिकरणका लागि पत्रकारिता तालिम सुरु

ad-4p

वीरगञ्ज । वीरगञ्जमा मधेसका सिमान्तकृत महिलाहरुको शसक्तिकरणका लागि पत्रकारिता तालिम शुक्रबारदेखि सुरु भएको छ ।

content ad p2

अन्र्तराष्ट्रिय दाता युनेस्कोको सहयोग र गैरसरकारी संस्था लोक सञ्चारको आयोजनामा शुक्रबारदेखि १२ दिने तालिम सुरु भएको हो । वीरगञ्जको होटेल वीरगञ्ज गेट वै मा सञ्चालित तालिमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले पत्रकारीता क्षेत्रमा मधेसका महिलाहरुको उपस्थिती न्युन भएका कारण मधेसका महिला र समग्र मधेसी महिलाको मुद्धाहरु उजागार हुन नसकेको बताए । पत्रकारीतामा मधेसका महिलाहरुको सहभागीता बढाउनुपर्नेमा उनले जोड दिए ।

content left

पत्रकारीतामा अहिले लागेका मधेसी मूलका महिलाहरुले पनि राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमै ख्याती कमाउन सफल भएकाले त्यो समग्र मधेसका लागि गौरवको विषय भएको उनको भनाई छ । अध्यक्ष तिवारीले १२ दिनको आधारभूत पत्रकारीता तालिम पछि पनि पत्रकारीता क्षेत्रमा चासो दिन सहभागीहरुलाई आग्रह गरे । अहिले पनि मधेसका मिडिया हाउसमा महिला पत्रकारहरुको खडेरी भएकाले यो तालिमले रोजगारी दिन सक्ने प्रबल सम्भावना रहेको उनले बताए ।

तालिमको उद्घाटन सत्रमा लोक सञ्चारका अध्यक्ष रमेशरन्जन झाले पत्रकारीतामा मधेसका पनि महिलाहरुको सकृय उपस्थिती बढाउने उदेश्यले तालिमको आयोजना गरिएको बताए ।

नेपालमा महिलाहरु यसैपनि पछाडी परेको र त्यसमा पनि मधेसका सिमान्तकृत समुदायका महिलाको हरेक क्षेत्रमा पहुँच पुग्न नसकेको अवस्थामा पत्रकारीतामा मधेसका सिमान्तकृत महिलाहरुको उपस्थिती बढाउन तालिमको आयोजना गरिएको झाले बताए ।

सिमान्तकृत महिलाहरु पत्रकारीतामा लागे मधेसका दूरदराजका समुदाय, समाज र गाँउको मुद्धा मिडियाको माध्यमले सशक्त रुपमा राज्यको नीति निर्माण बनाउने तहसम्म पुग्ने उनले बताए । तालिममा सहभागी महिलाहरु १२ दिनको तालिमपछि पत्रकारीतामै नलागे पनि यो तालिमले उनीहरुको सशक्तिकरणमा टेवा पुग्ने उनले बताए ।

यसअघि जनकपुरमा मधेसकै धनुषा, महोत्तरी, सिरहा र सप्तरीमा यस्तै प्रकारको तालिमको आयोजना गरिएको र अहिले वीरगञ्जमा मधेसका बाँकी चार जिल्लाका महिलाहरुका लागि यो तालिम आयोजना गरिएको उनले बताए ।

तालिममा पर्सा, बारा, रौतहट र सर्लाही गरी चार जिल्लाका २० जना युवती र महिलाहरुको सहभागीता रहेको छ । सहभागीहरुलाई पत्रकार माधुरी महतो र सलमा खातुनले सहजीकरण गरिरहेका छन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily