Aadarsh-Daily

प्रतिनिधिसभा बैठक बस्दै, हिजो प्रस्तुत हुन नसकेको बिधेयक प्रस्तुत हुने

ad-4p

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ। साथै, उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी ९दोस्रो संशोधन० विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरिएको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको थियो । तर, बैठक सञ्चालनका लागि आवाश्यक संख्या नपुगे पछि बैठक आजसम्मका लागि स्थगित भएको हो ।

content ad p2
content left

गृहमन्त्री श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले संसदमा गणपूरक सङ्ख्या यकिन गर्न सभामुख देबराज घिमिरेसँग माग गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने बताउँदै ३ मिनेट जनाउ घण्टी बजाई सो सङ्ख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।

गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ जना सांसद हुनुपर्नेमा हिजोको बैठकमा ६५ जना मात्र उपस्थित देखिए पछि सभामुख घिमिरेले शुक्रवार बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरेका थिए । यसैगरी, सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार ताेकिएकाे सबन्धी पत्रकाे ब्याेहाेरा पढेर सुनाउने छन भने कृषी, सहकारी तथा प्राकृतिक स्राेत समितिकी सभापति आरजु राणाले राष्ट्रियसभामा उत्पति भएकाे ‘खाध्ध स्वच्छता तथा गुणस्तर बिधेयक सबन्धी समितिकाे प्रतिबेदन २०८०’ पेश गर्ने छिन् ।

अर्थ मन्त्री प्रकाशशरण महतले ‘भन्सार बिधेयक २०८०’ माथी बिचार गरियाेस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन भने ‘बैंकिङ कसुर तथा सजायँ (दाेस्राे संसाेधन) बिधेयक २०८०’ लाइ दफाबार छलफलका लागि सबन्धित समितिमा पठाइयाेस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेकाे सम्भावित कार्यसुचीमा उल्लेख गरिएकाे छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily