Aadarsh-Daily

आज वीरगञ्जमा जगन्नाथ रथ यात्रा निकालिदै

ad-4p

वीरगञ्जमा आज जगन्नाथ रथ यात्रा निकालिदै छ । वीरगञ्जमा पहिलो पटक जगन्नाथ रथ यात्रा निकाल्न लागिएको हो ।

content ad p2
content left

रथयात्राका लागि वीरगन्जको घण्टाघरमा तयारी गरिएको छ । घण्टाघरबाट निकालिने रथ यात्रा मुख्य सडकको माईस्थान, महाविरस्थना, अलखियामठ, पूजन होटल, कैलाश होटल हुदै आदर्शनगर पूरानो बसपार्कमा पुगेर सम्पन्न हुने आयोजकले जनाएको छ ।

बिहान १०ः३० बजे शुरु हुने रथ यात्रा दिउँसो ३ बजे सम्पन्न हुनेछ । रथयात्राका क्रममा हुन सक्ने सम्भावित घटनालाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

केही दिन अघि वीरगञ्जमा भएको तनावले पनि जगन्नाथ रथ यात्राका क्रममा पनि सम्भावित घटना हुन सक्ने भन्दै नियन्त्रणका लागि सुरक्षा व्यावस्था कडा पारिएको छ । चोक चोकमा प्रहरी परिचालन गरिएको छ । संवेदनशील स्थानहरुमा विशेष निगारी समेत राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily