Aadarsh-Daily

सशस्त्र प्रहरी पर्साद्धारा ७० लाख बराबरको कपडा सहित ट्रक नियन्त्रणमा

ad-4p
content left

वीरगन्जः सशस्त्र प्रहरी गण नम्बर १३ पर्साले ७० लाख बराबरको कपडा सहित ट्रक नियन्त्रणमा लिएको छ । बिरगन्ज महानगरपालिका वडा नम्बर २५ बहुअरी स्थित गुल्म अलौबाट खटाईएको प्रहरीले बिल विजक संकास्पद रहेको चेकजाँचको क्रममा प्रहरीले ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार ना.८ ख.३९७८ नम्बरको ट्रक बिरगन्ज देखी काडमाण्डौ तर्फ जादै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा करीव सतर लाख बराबरको कपडा र अन्दाजी मुल्य चालिस लाख बराबरको ट्रक गरी करीव एक करोड दश लाख बराबरको माल समान सहित ट्रक नियन्त्रणमा लिएको हो ।
समान सहित ट्रक थप अनुसंधानको राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको सशस्त्र प्रहरी गण नम्बर १३ पर्साका प्रबक्ता संगम श्रेष्ठले जानकारी दिए ।

content ad p2

सम्बन्धित खबर

उच्च अदालतका चार मुख्य न्यायाधीश सर्वोच्चमा सिफारिस

Aadarsh Daily

जनमत पार्टी पर्साको प्रवक्तामा शहनवाज राकि नियुक्त

Aadarsh Daily

सिमरामा उच्च शिक्षा सुधारबारे दोस्रो दिनको संवाद सुरु

Aadarsh Daily