Aadarsh-Daily

बारामा मिटरब्याज पिडितकाे २१ बिघा जग्गा फिर्ता

ad-4p

बारा,१४फाल्गुन:बारामा अनुचित लेनदेन (मिटरब्याज) मा परेका निवेदनमाथि सुनुवाइ गर्दै २१ बिगहाभन्दा बढी जग्गा फिर्ता गराइएको छ।आपसी सहमतिमा ८३ कित्ताको २१ बिगहा १५ कठ्ठा १६ धुर जग्गा फिर्ता गराइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको हाे।

content ad p2
content left

जिल्ला प्रशासन कार्यालय बारामार्फत तीन हजार तीन सय २२ उजुरी परेको थियो। २०८० वैशाख १७ गतेदेखि माघ मसान्तसम्म ६७५ वटा उजूरीमा मिलापत्र भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उजुरीमा २३ करोड ९२ लाख ३१ हजार सात सय ८२ रुपैयाँ माग दावी गरिएको थियो।

दुबै पक्षको सहमतिअनुसार १५ करोड १९ लाख ३७ हजार चार सय ११ रुपैयाँपनि फिर्ता गराइएको उनले बताए।

अनुचित लेनदेन ( मिटरब्याज ) सम्बन्धी समस्या समाधान गर्ने प्रयोजनार्थ २०८० वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दर्ता गर्न सुरु गरिएको थियो। यस्तै, फागुन १ गतेदेखि फागुन १३ गतेसम्म आइतबार सम्म जिल्ला प्रहरी कार्यालयमा १०४ वटा उजूरीमा दुवै पक्षबिच मिलापत्र भएको न्याैपानेले जानकारी दिए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily