Aadarsh-Daily

बारा प्रहरीद्वारा लागू औषध गाँजासहित तीन जना पक्राउ

ad-4p

बारा । बारामा प्रहरीले लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बाराकाे आदर्श कोतवाल गाँउपालिका वडा नंबर ३ बतराका २७ बर्षिय सरोज कुमार गिरी, रौतहटकाे फतुवा बिजयपुर नगरपालिका वडा नंबर ३ मेवाका ५० बर्षिय रामानन्द साह र त्यहि ठाउँका ४५ बर्षिय चुलाई महरा रहेका छन् ।

content ad p2
content left

ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नंबर ४ गंगानगरबाट १५ किलाे लागु औषध गाँजासहित ३ जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।

बारागढीबाट भारत तर्फ जाँदै गरेको ना ३८ प १४११ नम्बरकाे मोटरसाइकल प्रहरीले राेकेर जाँच गर्दा माेटरसाइकलमा सवार उनिहरु गाँजासहित पक्राउ परेका हुन्। पक्राउ परेका तीनै जना विरुद्ध लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ३ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्याैपानेले जानकारी दिए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily