Aadarsh-Daily

पवन सिंहद्वारा लोक सभा चुनाव लड्न अस्वीकार

ad-4p

भोजपुरी अभिनेता तथा गायक पवन सिंहले बंगालको आसनसोल लोकसभा सिटबाट चुनाव लड्न अस्वीकार गरेका छन् । भाजपाले शनिबार साँझ लोकसभा चुनावका लागि उम्मेदवारहरूको पहिलो सूची जारी गरेको थियो । यो सूचीमा १९५ उम्मेदवारको नाम सार्वजनिक गरिएको थियो । सूचीमा भाजपाले भोजपुरी स्टार पवन सिंहलाई बंगालको आसनसोल सिटबाट उम्मेदवार बनाएको थियो ।

content ad p2

तर अहिले पवन सिंहले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै आसनसोलबाट चुनाव नलड्ने आफ्नो निर्णयको जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘बीजेपीको शीर्ष नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछु । पार्टीले मलाई विश्वास गरेर आसनसोलबाट उम्मेदवार घोषणा गरेको थियो, तर केही कारणले गर्दा म आसनसोलबाट चुनाव लड्न सक्दिनँ ।’

content left

बीजेपीको पहिलो सूचीमा चार भोजपुरी अभिनेतालाई टिकट दिएको छ । जसमा आसनसोलबाट पवन सिंह, उत्तर पूर्वी दिल्लीबाट मनोज तिवारी, यूपीको गोरखपुरबाट रवि किशन, यूपीको आजमगढबाट दिनेश लाल यादव निरहुआ छन् । तर आसनसोलबाट चुनाव नलड्न पवन सिंहको घोषणाले सबै अचम्मित छन् ।

पवन सिंह बिहारको आरांका बासिन्दा हुन् । उनलाई आरांबाटै पार्टीले टिकट दिन सक्ने चर्चा धेरै दिनदेखि चलिरहेको थियो । तर, पार्टीले उनलाई आसनसोल सिटबाट चुनावी मैदानमा उतार्ने निर्णय गर्यो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily