Aadarsh-Daily

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत बारा जिल्लामा पर्ने सीमा स्तम्भहरुको मर्मत कार्य सुरु

ad-4p

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत बारा जिल्लामा निर्माण गरिएका सीमा स्तम्भ जीर्ण भएपछि त्यसको मर्मतसम्भार कार्य सुरु गरिएको छ। सन् २०१४ मा बसेको सीमा कार्य समूह (बिडब्लुजी)को बैठकले मर्मतसम्भार गर्ने निधारण गरेको सीमास्तम्भको बारामा पर्ने सीमा स्तम्भहरुको मर्मत सुरु गरिएको हो।

content ad p2

यसअघि नापी विभागबाट सिमा स्तम्भ मर्मत गरिन्थ्यो। तर २०७७ साल साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले मर्मत गर्नुपर्ने सीमास्तम्भको जिम्मेवारी सशस्त्र प्रहरी बललाई सुम्पिएको थियो।

बाराको सदरमुकाम कलैया उपमहानगरपालिका, पचरौता तथा सिम्रौनगढ नगरपालिका, फेटा, विश्रामपुर, सुवर्ण र प्रसौनी गाउँपालिकासंग सिमा जोडीएको नेपाल भारतको ६० किलो मिटर सिमा क्षेत्रमा रहेको ६ सय ८६ सीमा स्तम्भ छन् ।

content left

बारामा रहेको ६ सय ८६ सीमा स्तम्भ मध्य भारतले जोर नम्बरका र नेपालले विजोर नम्बरका सीमा स्तम्भ मर्मत गर्ने सहमति अनुसार सशस्त्र प्रहरीले मर्मत सुरु गरेको हो ।एक सय १४ वटा सिमा स्तम्भ भध्य हाल एक सय १२ वटा सीमा स्तम्भ मर्मत, रंगरोहन गर्ने काम भइरहेको छ भने दुई वटा सीमा स्तम्भ पुर्नस्थापना गनुपर्ने देखिएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ ।

नेपालले आफनो जिम्मेवारी परेका सीमास्तम्भहरुको मर्मतको काम सुरु गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंहले जानकारी दिए।

‘नेपाल र भारतको संयुक्त टिम छ, यही टिमले सीमा स्तम्भ मर्मतको काम अघि बढाएको हो,’ सशस्त्र प्रहरी उपरिक्षक सिंहले भने– ‘जोर नम्बर भएको सीमा स्तम्भ भारत तर्फबाट र बिजोर नम्बर रहेको सीमास्तम्भको मर्मत नेपाल सरकारको तर्फवाट गरिन्छ, मर्मत गर्दा संयुक्त कार्यदल सँगसँगै हुन्छ।’

सरकारले दिएको जिम्मेवारीअनुसार सशस्त्र प्रहरी बलले भारतीय पक्षसितसमेत सहकार्य र समन्वय गरी सीमास्तम्भ मर्मतको काम सुुरु गरेको सशस्त्र प्रहरी उपरीक्षक सिंहले बताए।साभार : डिसी नेपालबाट

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily