Aadarsh-Daily

प्रधानाध्यापक झा र शिक्षक तिवारी को लापरबाही को कारण चार जना बिधार्थीको जिवन धरापमा

ad-4p
बीरगंज । चैत १५ गते देखी संचालित भईरहेको माध्यमिक विद्यालय स्तरिय परीक्षा-२०८० (S. E. E.-2080) पर्सा जिल्लाको एक परीक्षा केन्द्रमा चरम लापरवाहीका कारण ४ जना परिक्षार्थीहरुको जिबन धरापमा परेको छ ।
content ad p2
content left
पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. २०, हरपतगंज मा रहेको श्री गोल्डेन वाटिका इंग्लिस बोर्डिङ स्कुल को परीक्षा केन्द्र बीरगंज महानगरपालिका वडा नं. १७, अलौं मा रहेको छ । त्यस विद्यालयको शिक्षक एवं सहायक केन्द्राध्यक्ष राकेश तिवारीले बिधार्थीहरुलाई सहयोग गरि दिन्छु भन्दै गोल्डेन वाटिका का संचालक लालबाबु प्रसाद यादवलाई चैत १४ गते आफ्नै मोबाइल नम्बर ९८११२३१३८९ मार्फत प्रत्येक बिधार्थीको रु. १ हजार का दरले १४ जना बिधार्थीको रु. १४ हजार मांग गरेका थिए ।
गोल्डेन वाटिका का संचालक यादवले पैसा दिन इन्कार गरेपछि निज तिवारी ले प्रत्येक बिधार्थीलाई एउटा एउटा कोठामा राख्ने तथा परीक्षाको समयमा यातना समेत दिने धम्की दिएपछि संचालक यादवले द्वार देवी का प्रधानाध्यापक दया कान्त झा लाई फोन मार्फत सबै कुरा जानकारी गराए तापनि पहिलो परीक्षा को दिन चैत १५ गते दुई जना विद्यार्थीहरुको सिट प्लानिङ्गमा सि. नं. नै नराखी गेटमा सि. नं. टासँ गरिएको थियो ।
यस घटना पछि यादवले पर्सा का प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल लाई फोन वाट सबै कुरा अवगत गराए पछि उनीहरुलाई सिट मिलाएर परीक्षा हलमा बसाइयो । त्यहीं दिन गोल्डेन वाटिका विद्यालयका नियमित तिरको चार जना विद्यार्थीहरुलाई अँग्रेजी बिषयको ग्रेडवृद्धि प्रश्नपत्र दिइएको थियो, अनि विद्यार्थीहरुले भन्दा यो हाम्रो प्रश्नपत्र होइन । हामीहरु नियमित विद्यार्थी होऊ तैपनि वहाँहरु प्रश्नपत्र नियमित को दिनु भएन त्यसै ग्रेडवृद्धिको प्रश्नपत्र बाट नै परीक्षा गराईएको  कुरा बताएका छन् ।
त्यस पछि ती बिधार्थीहरुको अभिभावक गोल्डेन वाटिका विद्यालयमा ति प्रश्नपत्र सहित पुगे पछि अभिभावक सहित प्रमुख जिल्ला अधिकारी कहाँ पुगेर सबैकुरा अवगत गराएका थिए । तसर्थ उक्त परीक्षामा संलग्न शिक्षक राकेश तिवारी र प्रधानाध्यापक  दायाकान्त झा लाई आवश्यक कार्यवाही सहित ग्रेडवृद्धिको प्रश्नपत्र बाट परीक्षा दिन लगाएको तपसीलका विद्यार्थीहरुको पुनः परीक्षा दिने व्यवस्था मिलाई सहयोग गरिदिन हुन शुक्रबार श्री शिक्षा विकास तथा समन्वय इकाई, पर्सामा उजुरी समेत दिइएका छन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily