Aadarsh-Daily

पर्साबाट राष्ट्रिय स्वतन्त्र पार्टीको मधेस प्रदेश सदस्यमा पन्त निर्वाचित

ad-4p

पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को मधेस प्रदेश सदस्यमा वीरगन्जका होटल व्यवसायी हरि पन्त निर्वाचित भएका छन् । पर्साको विन्दबाससिनी मन्दिरको सभाहलमा शुक्रबार राति मधेस प्रदेशको पर्सामा रिक्त दुई सदस्य पदका लागि भएको निर्वाचनमा पन्त र सुदिश प्रजापति निर्वाचित भएका हुन् । पन्त , होटल तथा पर्यटन व्यवसायी वीरगन्जका अध्यक्षपनि हुन् ।

content ad p2
content left

दुई सदस्य पदका लागि चुनावी प्रतिस्पर्धाामा पन्त, प्रजापतिसंगै दिप राज पटेल , मुर्ली जलान,राम सुन्दर आर्य सहित ८ जना थिए । २८ जना कूल मतदाता रहेकोमा शुक्रबार राति भएको मतदानमा २५ मत मात्रै खसेको थियो । त्यसमा पन्त १७ मतका साथ र प्रजापति १० मत प्राप्त गरी मधेस प्रदेश सदस्यामा निर्वाचित भएका हुन् । दिप राज पटेलले भने ९ मत, मुर्ली जलानले ६ मत र रामसुन्दर आर्यले ४ मतमात्रै प्राप्त गरे ।

रास्वपाको विधानमा पार्टीको जिल्ला संयोजक बन्न सम्बन्धित जिल्लाको निर्वाचन क्षेत्र , गठित पालिका पदाधिकारी र निर्बाचित प्रदेश प्रतिनिधिहरुद्वारा प्रदेश समिति सदस्यमा निर्बाचित भएर आउनै पर्ने बाध्यकारी प्रावधान छ । शुक्रबार राति भएको निर्वाचनमा रास्वपाका केन्द्रिय संगठन विभागका सचिब शंकर श्रेष्ठ , केन्द्रिय सदस्य डाक्टर नन्दन यादब , मधेस प्रदेश सभापति तपेश्वर यादब , प्रदेश महामन्त्री मनिष साह लगायतको पनि उपस्थिती थियो ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily