Aadarsh-Daily

काम लागेन काेहलीकाे शतक, बैंग्लाेर राजस्थानसंग पराजित

ad-4p

भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) मा शनिबार राति भएको खेलमा विराट कोहलीको शतकको बाबजुद रोयल च्यालेन्जर्स बैंग्लाेर राजस्थान रोयल्ससंग पराजित भएको छ । जयपुरकाे सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको खेलमा चौथो राजस्थान ६ विकेटले विजयी भएकाे हाे ।बैंग्लाेरले दिएको १ सय ८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

content ad p2
content left

राजस्थानका लागि जोस बटलरले ५८ बलमा ९ चौका र ४ छक्काको सहयोगमा अविजित १ सय रनको शतकीय ईनिङ खेले । कप्तान सामसनले ४२ बलमा ८ चौका र २ छक्काको सहयोगमा ६९ रनको अर्धशतकीय ईनिङ खेले । बैंग्लाेरका लागि रिच टोप्लीले दुई तथा यस दयाल र मोहम्मद सिराजले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लाेरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । उसका लागि विराट कोहलीले ७२ बलमा १२ चौका र ४ छक्काको सहयोगमा अविजित १ सय १३ रनको शतकीय ईनिङ खेले । आइपीएल ईतिहासमा आफ्नो आठौं शतक कोहलीले ६७ बलमा पुरा गरेका थिए । यो सिजनको यो नै पहिलो शतक रहेको थियो ।

कप्तान फाफ डु प्लेसिसले ३३ बलमा २ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाए । पहिलो विकेटका लागि कोहली र फाफले १३ दशमलब ६ ओभरमा १ सय २५ रनको शतकीय साझेदारी गरे । तर, अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् । राजस्थानका लागि युजभेन्द्र चहलले २ तथा नान्द्रे बर्गरले १ विकेट लिए ।चौथो खेलमा अपराजित रहेको राजस्थान ८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । पाँचौ खेलमा चौथो हार व्यहोरेको बैंग्लाेर पुछारबाट तेस्रो स्थानमा छ ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily