Aadarsh-Daily

सोमबार सूर्यग्रहण : चार मिनेटसम्म हुनेछ अँध्यारो

ad-4p

पृथ्वी सौर्यमण्डलको एकल ग्रह हो जहाँबाट पूर्णसूर्यग्रहण हेर्न सकिन्छ। हरेक १८ महिनापछि पृथ्वीको कुनै न कुनै भागमा सूर्यग्रहण लाग्ने गरेको छ।

content ad p2

८ अप्रिल (सोमबार) लाग्न थालेको सूर्यग्रहणलाई लिएर विश्वभरका मानिस उत्साहित छन् । किनभने उत्तरी अमेरिकाको केही हिस्सामा पूर्णसूर्यग्रहण देखिनेछ र चार मिनेट ९ सेकेन्डसम्म पूर्ण रूपले अँध्यारो हुनेछ।

यो सूर्यग्रहण क्यानडा, उत्तरी अमेरिकादेखि मेक्सिकोसम्म देखिनेछ। यो समय पछिल्लो सूर्यग्रहणको तुलनामा धेरै लामो छ, त्यसैले यस क्रममा नासाका वैज्ञानिकहरूले नयाँ प्रयोग गर्ने योजना बनाएका छन्।
यसपालिको सूर्यग्रहणलाई ज्यादै दुर्लभ ठानिएको छ। यो शताब्दीमा तीनै देश अर्थात अमेरिका, क्यानडा र मेक्सिको पहिलोपटक पूर्णसूर्यग्रहण देख्ने भएकाले यसलाई दुलर्भ भनिएको हो।

content left

चन्द्रमा सूर्यको तुलनामा पृथ्वीभन्दा चार सयगुना नजिक छ। तर, चन्द्रमा आकारमा सूर्यभन्दा ४ सयगुना छोटो पनि रहेको छ। जसका कारण चन्द्रमा एक सिधा रेखाको विन्दुको रूपमा सूर्य र पृथ्वीको बीचमा आउँदा सूर्यलाई छेक्छ र हामीलाई ग्रहण देखिन्छ।

कैयौंपटक यो सूर्यग्रहण देखिन्छ भने कैयौंपटक नदेखिन पनि सक्छ। यद्यपि यसपालिको सूर्यग्रहणलाई महत्वपूर्ण ठानिएको छ किनभने यो घटनालाई लाखौं मानिसले हेर्न सक्नेछन्।

एक अनुमानका अनुसार यो ग्रहणलाई ३१ लाख मानिसले हेर्नेछन्। अमेरिकाको कैरोलिनस्थि एनसी स्टेट विश्वविद्यालय ग्रहणको क्रममा वन्यजन्तुमाथि के असर पर्छ भन्ने पत्ता लगाउने बताइएको छ।

यसका लागि टेक्सस राज्यमा चिडियाघरका २० जनावरको व्यवहारमाथि अध्ययन गरिनेछ। नासाको एक्लिप्स साउन्डस्केप प्रोजेक्ट पनि जनावरको व्यवहार अध्ययन गर्न डिजाइन गरिएको छ।

परियोजनातहत ग्रहणका कारण पूर्ण अँध्यारोका क्रममा जनावरको आवाज र प्रतिक्रिया रेकर्ड गर्न माइक्रोफोनजस्ता उपकरण जडान गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily