Aadarsh-Daily

आज मुस्लिम समुदायले इद उल फित्र मनाउँदै

ad-4p

काठमाण्डौ – इस्लाम धर्मावलम्बीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरेपछि आज इद उल फित्र मनाउँदैछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो । ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ । साथै मुस्लिम समुदायले आफन्तमाझ अङ्गालो हालेर आत्मियता साट्ने गर्छन् ।

content ad p2

इद पर्व मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशियाली साटासाट गर्दै शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्टान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ ।

content left

इद उल फित्रको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । यसवर्ष हिजो बुधवार आकाशमा चन्द्रमा नदेखिएका कारण ईदको अन्तिम दिन आज बिहीवार सार्नु परेको मुस्लिम धर्माबलम्बीको भनाइ छ ।

राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरुले इद उल फित्रको अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश दिँदै इद पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्लिम धर्मावलम्बीको महान पर्व इद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily